काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।
पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको भन्दै विपक्षी दलहरूले घटनाको छानविन गर्न माग गरेका हुन् । सोमबार प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी नेपाल र राप्रपाका संयुक्त बैठकले सांसद अपहरणको घटना छानविन गर्न माग गरेका हुन् ।