लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

 न्यूज विराट
लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी गरिएको छ ।‍

बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले  खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वसांसद सुवास कर्माचार्यसहितको टोली स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गरेका थिए । आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए । ९ दिनअघि जुगल–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने ७ अझै बेपत्ता छन् । – रासस

सम्बन्धित समाचार

नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साभमुख अग्निप्रसाद...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

नागरिकको क्रियटर्स क्याम्पेन विराटनगरबाट सुरू, शिक्षादीप कलेजमा कार्यक्रम

विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । विराटनगरस्थित शिक्षादीप कलेजमा आइतबार एक कार्यक्रमको आयोजना गरी बाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो । युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ:देउवा

काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गठबन्धन टुटाउने षड्यन्त्र...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्