राशिफल

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

 न्यूज विराट
सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ ।

अनुचित लाभ लिने उद्देश्यले मास्क र सेनिटाइजरको कालोबजारी गर्ने विराटनगर–९ का ‘श्रीसर्जी इम्पेक्स’ का सञ्चालक ४७ वर्षीय राजेशकुमार अग्रावाललाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरिएको हो ।

कोरोना भाइरसबाट बच्न अनिवार्य रूपमा सर्जिकल मास्कस र सेनिटाइजरको प्रयोग गर्नुपर्ने अवस्थामा बजारमा कृत्रिम अभाव सृजना गरि कालोबजारी गर्ने अग्रवाललाई आइतबार पक्राउ गरिएको थियो । उनमाथि थप कार्वाहीको लागि म्याद थप गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

अनुचित लाभ लिने उद्देश्यले कालोबजारी गर्ने गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अग्रवाललाई आइतबार नै ३ लाख रूपैयाँ जरिवाना गरेको थियो । सर्जिकल सामान तथा औषधीको थोक विक्रेता तथा सर्जी इम्पेक्सका सञ्चालक अग्रवाललाई उपभोक्ता ऐन अनुसार कारबाही अन्तर्गत कारवाही गरेपछि थप कारवाहीको लागि कालोबजारी ऐन अन्तगएत कार्वाही अगाडि बढाएको डिएसपी राईले बताए ।

कोरोना भाइरसको प्रकोपको बेला सर्जिकल मास्कको कालोबजारी गरि अनुचित लाभ लिने मनसाय देखिएको पाइएकोले उपभोक्ता ऐन अनुसार कारवाही गरेपछि थप कार्वाहीको लागि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अग्रवाललाई प्रहरीको जिम्मा लगाएको थियो ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली, औषधी व्यवस्था विभाग विराटनगर, वाणिज्य कार्यालय र मोरङ प्रहरीले संयुक्त रूपमा गरेको अनुगमनको क्रममा आइतबार दिउँसो श्री सर्जी इम्पेक्सबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको थियो ।

कोलोबजारी तथा केही अन्य सामाजिक अपाराध तथा सजाय ऐन २०३२ दफा ५ मा बजारमा कुनै बस्तुको अभाव हुनेगरि अनुचित नाफा लिइ बजारमा बिक्री गर्ने नियतले त्यस्तो मालबस्तुको संग्रह गरेमा १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवना वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...