विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते
बुधबार, ०२ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते भएका हुन् ।
घाइते भएका प्रहरीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकाशं प्रहरी जवान रहेका छन् । ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रराम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरुलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’ टु टन गाडीमा ४० देखि ५० जना प्रहरी सवार थिए ।
काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा...
काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...
विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...
विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...
विराटनगर, असार ११-बिहिबार लगातारको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडाहरु जलमग्न भएका हुन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी र पश्चिमी क्षेत्रका केही बस्तीहरु डुबानमा...
काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाढी पीडितलाई राहत वितरण गरेको छ । जहदा गाउँपालिकाको बुधनगरमा बाढीबाट प्रभावित विपन्न परिवारलाई क्लबले राहत वितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी बाढीपीडितलाई चामल, पिठो,...
इटहरी । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा सुनसरीको इटहरीमा शुक्रबार स्ट्रोक मास्टर क्लास सम्पन्न भएको छ। स्ट्रोकको उपचारसम्बन्धी अत्याधुनिक प्रविधि, तरिका र उपचार पद्धतिका बारेमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित...