विपन्न विद्यार्थीलाई राहात वितरण - News Birat

विपन्न विद्यार्थीलाई राहात वितरण

न्यूज विराट

विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल द्वारा लक्डाउनको कारणले आर्थिक अवस्थामा कमजोर भएका विद्यार्थीहरुलाई पठाएको राहात प्याकेज वितरण गरिएको हो । सो विद्यालयमा पढ्ने ५० घर विपन्न परिवारहरूका विधार्थीहरूलाई खाद्यान्न सहयोग गरिएको हो । सो वितरण नेपाल बाल सगठन मोरगको अध्यक्ष अर्जुन निरौलाज्युवाट शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपाल बाल संगठन मोरगको उपाध्यक्ष भारती पोखरेल नेपाल शिक्षक सघ मोरग को अध्यक्ष शिवराज कोईराला नेपाल शिक्षक अभिभावक सघको अध्यक्ष संजय थापा युवा सामाजिक अभियन्ताहरू प्रमिला थापा देवचन्द्र घिमिरे अकित भट्टराई स्कृलको प्रधानध्यापक नेत्र प्रसाद पराजुली शिक्षक रिषीक खतिवडालगायतको उपस्थितिमा सहभागीतामा राहात सामाग्री वितरण गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles