२३ वर्षीया निकिता चौधरीको रहस्यम मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

 न्यूज विराट
२३ वर्षीया निकिता चौधरीको रहस्यम मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो ।

शनिबार राती साढे १० झुण्डिएको अवस्थामा निकिताको शव भेटिएको थियो । त्यसपछि उनलाई श्रीमानले विराट टिचिङ हस्पिटलमा लिएर आएका थिए । हस्पिटल ल्यापु¥याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
निकिताको माइती पक्षले श्रिमान नगेन्द्रले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । नगेन्द्रले यसअघि पनि निकतालाई कुटपिट गर्ने गरेको माइती पक्षको भनाई छ । निर्घात कुटपिट गरेर दिदीको हत्या गरेको भाई राहुल चौधरीले बताए । घटनाको छानविन गरी दिदीको हत्यामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्यानुपर्ने माइती पक्षको भनाई छ ।

माइती पक्षले निकिताको शनिवार राति १० बजे अगाडी हत्या गरेको आरोप छ । मृतकको आफन्तका अनुसार निकिताको टाउँ र हातमा पनि चोटपटक देखिएकाले सुनियोजित तरिकाले हत्या गरेको उनीहरुको भनाई छ । शनिबार राती ९ बजेसम्म निकितासँग कुराकानी भएको माइती पक्षले बताएको छ । त्यसपछि एक्कासी दिदीको मृत्यु भएको खबर सुन्दा दुखिद भएको भाइ राहुलले बताए ।
मृतकको शव विराटनगरस्थित कोशी अस्पतालमा पोष्टार्टम गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले श्रीमान नगेन्द्रलाई नियन्त्रणमा लिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोस्मार्टम रिर्पोटपछि थप विषय खुल्ने प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा

विराटनगर । चोरीको पेट्रोलिय पदार्थ पेट्रोलिय डिलर्स एसोसेसन कोशीको महासचिब रूद्र कार्कीले संचालन गरेको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको छ । ट्याङक चालकसँग मिलेर उक्त पेट्रोल पम्पले...

झी: पुचमा ३५ जनाको सामुहिक व्रतबन्ध

विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।...

मुख्यमन्त्री राई र युरोपनियन युनियनका राजदुत कोडीबीच भेटवार्ता

विराटनगर, फागुन ३०–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् ।...

रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट, २६ असोज । रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा रहेका छन् भने निजि जग्गामा रोड...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

खड्का परिवारद्वारा विराटनगरको मानव सेवा आश्रमलाई चार करोडको जग्गा प्रदान

विराटनगर, १४ फागुन । सडक पेटीमा वस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवासका गर्न भवन निर्माणका लागि आज विराटनगरका मानवकारी दाताका परिवारले रु चार करोड मूल्य बरावरको जग्गा प्रदान गरेको छ ।...

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक...

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्