सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

 न्यूज विराट
सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले सप्तरीका १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो  । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सप्तरी डाक्नेश्वोरी नगरपालिका-३ निवासी १८ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको छ । उनी स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । नेपालमा अहिलेसम्म ३३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जनाले गरे स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

औद्योगिक क्षेत्रमा विद्युत संकट : अदालत जाने बाटो खुला गर्नुको विकल्प छैन

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड ट्रंक लाइन समस्याको समाधानका लागि अदालतीय प्रक्रिया अपनाउनुको विकल्प नभएको बताएका छन् । विराटनगरमा उद्योगी व्यवसायीसँगको भेटमा उनले यो समस्याले प्राधिकरण र उद्योगलाई समान रूपमा...

जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको त्यहाँका...

टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...

औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा...

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...

एनसीडिएको ५२ औं स्थापना दिवसमा मोरङ शाखाद्धारा सप्ताहव्यापी कार्यक्रमको घोषणा, कुन दिन के – के कार्यक्रम ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने मोरङ शाखाले घोषणा गरेको छ। एनसीडिए मोरङ शाखाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि असार ४ गतेदेखि १० गतेसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्