२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

 न्यूज विराट
२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो ।

गर्भवती राईसँग पैसाँ नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा देखाएपछि घर फर्किदै थिइन् । सुनसरीको बराहक्षेत्रबाट जेटबोर्ड चढेर घर जाने तयारीमा रहेकी थिइन् । तेही बिचमा स्थानीय संचारकर्मीले आर्थिक अवस्था अभावको कारणले उपचार नपाएको भिडियो सामाजिक संजालमा हालेका थिए । सो भिडियो भाइरल भयो । पैसाँ नभएर उपचार नपाएको भिडियो मोरङ सहकारीका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले जानकारी पाएपछि उनको उपचार निःशुल्क गरिदिने बताए । त्यसपछि स्थानीयको सहयोगमा कविता २४ जेठमा मोरङ सहकारी अस्पताल आइन् । उनको स्वास्थ्य परीक्षण गर्दा ७ महिना पूरा भएको ३२ हप्ताको गर्भ थियो । ‘गर्भको बच्चा ३२ हप्ता मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने थियो । हामीले अस्पताल आएको भोलीपल्ट २५ जेठमा शल्यक्रिया गरी बच्चा निकाल्यौं । जटिल अवस्थामा उपचार गर्दागर्दै पनि आमा र बच्चा दुवैको बचाउन सकियो,’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने ।

गर्भवती कविताको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सक साहले बताए । उनीमा उच्च रक्तचापले शरीर शुन्निएको, मृगौला तथा कलेजोमा पनि असर गरि सकेको, कुपोषण र रक्तअल्पता भएको थियो । ‘रक्तअल्पता भएको कारणले शल्यक्रियापछि हामीले तीन पिन्ट रगत चढाएर विरामीको सफल उपचार गर्न सकिएका छौं,’ उनले भने, ‘आमा र नवजात शिशुको अवस्था अहिले राम्रो भएको छ । त्यसैले बुधबार विरामीलाई डिस्चार्ज गरिएको छ ।’
मोरङ सहकारीका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदिप कुमार झाले ३२ हप्तामा जन्मिएको नवजात शिशुको तौल १६ सय ग्राम रहेको बताए । ‘महिना नपुगेको र तौल कम भएको नवजात शिशुमा विभिन्न जटिलताहरू देखा पर्ने गर्दछ । यस्तो शिशुले तापक्रम मेन्टन गर्न सक्दैन । त्यसैले हामीले एनआइसियूमा राखेर उपचार गरेका थियौं,’ डा. झाले भने, ‘यसरी उपचार गरेपछि अहिले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’


अस्पतालका संचालक मिलन पौडेलले आर्थिक अवस्था नाजुक भएको परिवारको सामाजिक उत्तरदायित्वमा अन्तर्गत रहेर निःशुल्क उपचार गरेको बताए । ‘पैसाँ अभावको कारणले कसैले पनि मृत्युवरण गर्नु हुदैन भन्ने हाम्रो मान्यता रहेको छ । तेही भएर हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर निःशुल्क उपचार गरेर आमा र बच्चालाई बचाउन सफल भएका छौं ।’
उपचारपछि कविताले नयाँ जीवन पाएको बताइन् । ‘बाच्छु जस्तो लागेको थिएन् । असाय पिढा भएको थियो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने भएको छु,’ डिस्चार्ज भएपछि उनले भनिन्, ‘उपचारमा संलग्न चिकित्सकको टिम र अस्पतालप्रति कृतज्ञ रहेको छु ।’ कविताका श्रिमान भिम राईले पनि श्रीमतिकलाई नयाँ जिवन दिने उपचारमा संलग्न चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...

आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७...

सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

काठमाडौं, १४ असार । सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

पीसीआर परीक्षण ९ लाख नाघ्यो

काठमाडौं, ३ असोज-पीसीआर विधिबाट स्वाब परीक्षण गर्नेको संख्या ९ लाख नाघेको छ । आज १० हजार ३ सय ३३ जनाको परीक्षण गरेसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेको संख्या ९ लाख नाघेको हो । स्वास्थ्य तथा...

खेलाडी उत्पदान गर्न विराटनगरमा ग्रासरूट फुटबल प्रशिक्षण

विराटनगर । विराटनगरको जुटमिलको खेलमैदानमा ‘ग्रासरूट फटुबल प्रशिक्षण’ सुरू भएको छ । मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा ग्रासरूट फुटबल प्रशिक्षण सुरू भएको हो । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्