बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना
बुधबार, १० साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो ।
संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लड बाट ४ जना सम्म बिरामीले जिवनदान पाउने बिराट नर्सिङ्ग होम प्रा.लि.तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्कीले जानकारी दिए । विरामीलाई ब्लड प्रयोग गर्नुको सट्टा चाहिएको बल्ड फायक्टर प्रयोग गर्नु पर्ने बताए । ‘निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो,’ उनले भने, ‘विरामीको सहजताको लागि हामीले शिक्षण अस्पताल भित्र ब्लड बैंक स्थापना गरिएको हो ।’
अस्पतालमा भर्ना भएका विरामीलाइ रगत आवश्यक परे झण्डै हस्पिटलबाट ८ किलोमिटर टाढामा रहेको देवकोटा चोकको रेडक्रसमा जानुपर्ने अवस्था रहेको थियो । विराटमा ब्लड बैंक स्थापना भएपछि विरामीको उपचारमा सहज हुने हस्पिटलले जनाएको छ ।
‘अहिलेको लेटेस उपकरणहरु ल्याएर ब्लड बैंकमा राखिएको छ । यहाँ लामोसमयसम्म रगत सुरक्षित राख्न सकिन्छ । ठूला–ठुला माइन्स ८ डग्रीसम्मको फ्रिज रहेको छ,’ उनले भने, ‘दश वर्षसम्म ब्लड सेल्स राख्नसक्ने क्षमता रहेको छ ।’ विराटमा राखेको रगत खेर नजाउने उनले बताए । ‘ ब्लड बैंकको पनि स्टार हुने गर्दछ । अहिले ७ स्टारसम्म रहेको छ, उनले भने, ‘विराटमा रहेको पाँच स्टारको हो ।’
जनचेतनासँगै विराटको रक्तदान कार्यक्रम विराट मेडिकल कलेज र विराट नर्सिङ्ग होमले जनचेतना मुलक कार्यक्रसँगै रक्तदान कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । कसैको रगतले अस्पतालको शैय्यामा रहेको विरामी बचाउन सकिने भएको कारणले जनचेतनासँगै रक्तदान कार्यक्रमहरु सामाजिक संघसंस्था सँग सहकार्य गरी आयोजना गर्दै आएको छ । बुधबार लायन्स कल्ब बिराटनगर शुभम र बिराट नर्सिङ्ग होम प्रा.लि.को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिराट नर्सिङ्ग होममा भएको रक्तदान कार्यक्रम ४५ जनाले रक्तदान गरेका थिए । क्लबकी अध्यक्ष उमिर्ला थापाको अध्यक्षतामा रत्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा बिराट नर्सिङ्ग होम प्रा.लि.तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्की, लायन्स क्लब ड्रिस्ट्रिक ३२५ का गर्भनर बिजय हरी शर्मा, पुर्व गर्भनर राजन खत्री लगायतका उपस्थिती रहेको थियो ।
विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख...
काठमाडौं, ४ बैशाख-प्रहरी दबंग शैलीमा उत्रिन खोज्दा डाक्टरमाथि नै लाठी चार्ज भएको छ । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको...
विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...
विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...
विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...
एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । ट्विटमा अभिजितले लेखेका छन्,...