मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

 न्यूज विराट
मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर, ६ साउन । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् ।

विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि भएका मध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो ।

जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगर १५ जना सहभागि थिए भने इटहरीमा १६ जनाको सहभागि रहेको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुने भएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौं,’ उनले भनिन्, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागि जनाउन पाउनुहुनेछ ।’

किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी भदौ आन्तिम तिर हुनेछ ।

आयोजकले सहभागिहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

सम्बन्धित समाचार

पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल...

कोरोना भाइरसका कारण रोजगारी गुमेकालाई राहत कार्यक्रम

काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका...

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्