राशिफल

विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

 न्यूज विराट
विराटनगर कञ्चनबारीमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एक जना पक्राउ

विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षीय पारस कालिकोटेलाई पक्राउ गरेको हो ।

आइतवार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीको टोलीले कालिकोटेलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नविनराज राईले जानकारी दिए । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...