विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

 न्यूज विराट
विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग उपचार गरेकी थिइन् । डा. रोकासँग उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । त्यहीकारण उनी फ्लोअपको लागि बहिनी सुनसरीका इटहरी–२० तरहराकी बिनिता श्रेष्ठसँगै आएर डा .रोकालाई देखाएर स्वास्थ्य उपचार गर्ने योजना बनाएर विराटनगरको महेन्द्रचौकमा उत्रिन् । उनीहरू सिटी रिक्सा चढे र न्यूरो हस्पिटल लगिदिनु भने । तर, कमिसन खान पल्किएका सिटीले न्यूरो हस्पिटलदेखि करिब एक किलोमिटर उत्तरमा रहेको घोगापुलचौकमा रहेको शुभ स्वस्तिक पोलीक्लिनिकमा पु¥याइदिए ।

क्लिनिक पुग्ने बितिक्कै काउन्टरमा बसेका कर्मचारीलाई सोधिन्, ‘यहाँ डाक्टर यामबहादुर रोका बस्नुहुन्छ ।’ काउण्टरका कर्मचारीले बस्ने जवाफ दिए । पूर्जी काट्न लगाए । उनले एक हजार रुपैयाँ दिइन् । पाँच सय रुपैयाँ फिर्ता दिए । त्यसपछि डा। रोकाको पर्खाइमा बसिन् । तर, धनकुमारी त्यतिबेला झसंग भइन्, जब एक घण्टापछि उनलाई हेर्ने चिकित्सक अर्कै थिए । ‘मैले पहिला देखाएको उहाँ त होइन्,’ धनकुमारीले भनिन्, ‘म उहाँलाई देखाउँदिन भन्न थाले ।’ त्यसपछि क्लिनिकका कर्मचारीले डा. रोका शल्यक्रियामा हुनुहुन्छ भन्दै ढाँटे । ‘अहिले यही क्लिनिकमा भएको डाक्टरसँग चेकअप गर्नु,’ उनीहरुले भने, ‘पछि रिपोर्ट आएर डाक्टर रोका सापले हेरिदिनुहुन्छ भन्नुभयो ।’ त्यसपछि ५ हजार ३ सय रुपैयाँको विभिन्न परीक्षण लेखाइदिए । ‘त्यो ल्याबको पनि पैसाँ दिए,’ धनकुमारीले थपिन्, ‘क्लिनिकमा बसेको घण्टौं भइसक्यो । तर, डाक्टर आउने कुनै छाटकाट देखिनँ ।’

केही बेरपछि उनले फेरि सोधिन्, ‘डाक्टर कहिले आउनुहुन्छ ? ’ कर्मचारीको फरक जवाफ आयो, ‘आज डाक्टर रोकाले अप्रेसन गर्दै हुनुहन्छ । उहाँ आउन पाउनुभएन । उहाँको सट्टामा अर्को चिकित्सकलाई देखाउनु ।’ क्लिनिकको कर्मचारीले अर्कै चिकित्सकलाई देखाउन भनेपछि पूर्जी काटेको र ल्याबको लागि लिएको लिएको रुपैयाँ लिएर न्युरो हस्पिटल खोजी गर्दै आइपुगेको उनले बताइन् ।

‘न्यूरो हस्पिटल आएपछि काउन्टरमा आएर डाक्टर रोका यही बस्नुहुन्छ भनेर सोध्दा पो थाहा पायौं । सिटी रिक्साले कमिसनको चक्करमा क्लिनीमा पुगेर ठगीनबाट बच्यौ,’ उनले लामो सुस्केरा तान्दैं भनिन् ।

ठगीबाट जोगिएकी बिरामी धनकुमारी श्रेष्ठ (बाँया) ।

यो त एक प्रतिनिधी उदाहरण मात्रै हो । अहिले विराटनगरमा नाम चलेको चर्चित चिकित्सकहरूको नाम बेच्दै बिरामीलाई ठगी गर्ने गरेको पाइएको छ । विशेषगरी च्याउसरी खुलेको हस्पिलट चौक र रंगेली रोडका निजी क्लिनिकहरू र केही नयाँ खुलेको हस्पिटलले पहाडबाट उपचारको लागि आएका बिरामी बाटैबाट हाइज्याक गर्ने गरेको पाइएको हो ।

बिरामी ठगीमा पर्ने गरेको जनगुनासो बढेपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले स्ट्रिङ अप्रेसन गरेर गत पुसमा कमिसनको लोभमा बिरामीलाई अन्यत्र अस्पताल र क्लिनिङमा पु¥याएर बिचौलियाको भूमिका खेल्ने दर्जन बढीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको थियो । दर्जन बढी बिचौलियालाई प्रहरीले पक्राउ गर्दै ठगीमा मुद्दा दायर गरी कारवाहीको दायरामा ल्याएपछि केही हदसम्म यो समस्या न्यूनीकरण भएको थियो । तर, अहिले फेरि कमिसनको लोभमा बिरामी ठगी गर्ने विचौलियाहरू सलबलाएका छन् ।

पहाडी र ग्रामीण क्षेत्रबाट आएका बिरामी बढी बिचौलियाको फन्दामा पर्दा ठगीमा पर्ने गरेका छन् । उनीहरू बिरामी ठगी गर्न शनिमन्दिर चोक, रंगेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोक, महेन्द्र चौकमा बस्ने गर्दछन् । यसबाहेक विराटनगरको हस्पिटल चोक, कोशी हस्पिटल अगाडि, गोल्डेन अस्पताल अगाडि, नोबेल अगाडि, विराट नर्सिङ होम र न्यूरो चोकमा बस्ने गरेका छन् । निजी क्लिनिकहरुले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् । तराईको विभिन्न क्षेत्र र पहाडी जिल्लाबाट आएका गरिब तथा सोझा बिरामी र आफन्तलाई शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि बिचौलियाले खोजिरहन्छन् । तर, उनीहरुको उद्देश्य बिरामीको राम्रो उपचार होस्भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरुलाई बढी कसरी लुट्ने भन्ने हुन्छ । विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिरका केही फार्मेसी संचालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटल चोकमा रहेको केही क्लिनिकहरुले धेरै बिचौलिया राखेको स्रोतको दाबी छ । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधी पसलमा ल्याउन उनीहरुलाई जिम्मा दिन्छन् । प्रहरीले यसअघि नोबेल मेडिकल कलेज बाहिरबाट ७ जना, कोशी अस्पताल अगाडिबाट तीन जना, केही दिनअगाडि अगाडि न्यूरो अस्पताल अगाडिबाट २ जना र विराट नर्सिङ होम अगाडिबाट पाँच गरी १७ जना बिचौलियालाई पक्राउ गरिसकेको छ ।

प्रहरीकाअनुसार पक्राउ परेका उनीहरु सबै फार्मेसीका कामदारहरु हुन् । एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा विचौलियाले हजार रुपैयाँसम्म दिने गर्दछन् । जति बढी बिरामीले औषधी, ल्याबमा परीक्षण गरे । त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि विचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले नाम नबताउने सर्तमा बताए । ‘बिचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्,’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने विचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’ यस्तै, बिचौलियाले सम्पर्कबाट आएका बिरामी निजी अस्पतालको भेन्टिलेटर र आईसीयुमा भर्ना भएपछि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । बिरामी आईसीयु र भेन्टिलेटरमा भर्ना भए बिचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्रोतले बतायो । ‘बिचौलियाले ल्याएको एक जना बिरामी निजी हस्पिटलको आईसीयुमा र भेन्टिलेटरमा भर्ना भए । त्यो बिरामीको लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले बिचौलियालाई खुसी पार्न निश्चित रकम छुटयाइदिएको हुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

सम्बन्धित समाचार

कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको...

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित ४ सञ्चालकबाट ९ करोड २५ लाख घोटाला

विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ । सहकारीको अनियमितता छानविन गर्न गठित...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य...

राष्ट्र बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण

काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्