२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो - News Birat

२४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८८ हजार नाघ्यो

न्यूज विराट
काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । देशभर ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles