विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

 न्यूज विराट
विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

‘निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौ रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।रासस

सम्बन्धित समाचार

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

एजेन्सी, बैशाख १४-कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

चीनले अनुदानमा दिएकाे ४० हजार पीसीआर टेस्ट कीटसहितका सामग्री सरकारलाई हस्तान्तरण

काठमाडाैं, २९ वैशाख-काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सहयाेग स्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त...

एमालेमा आइसब्रेक हुनसक्ने, कार्यदल ब्युँताउने सहमतिपछि सदस्यहरूको बैठक बस्दै

एमालेको एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको मागअनुसार अध्‍यक्ष केपी शर्मा ओली कार्यदल ब्युँताउन सहमत भएपछि त्यसको बैठक बसेको हो । आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा...

प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर...

प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ । प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्