आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

अहिले बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा हल्का तल रहेको छ ।

वर्षासँगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको खोप

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...

राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव  प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ३ जना वडा अध्यक्षलाइ सोमबार...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

निषेधाज्ञापछि सुनसान पर्सा

जनकपुर, ३१ वैशाख-एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको...

झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्