नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

 न्यूज विराट
नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, १-वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् ।

नयाँ वर्ष २०७७ सालको अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उनले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेका छन् ।

उनले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।

सम्बन्धित समाचार

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

बन्द भएको कोशी अस्पतालको ‘एनआइसियू’ सुचारू, विरामीलाई राहत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआइसियू बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ । अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बन्द भएको लामो समयपछि पाँच शैय्याको...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

कोरोना भाइरसविरुद्ध मिलेर लडौँः मोदी

काठमाडौं, चैत २–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा अहिले सार्कमा आवद्ध मुलुकका सरकार प्रमुख भिडियो कन्फ्रेन्सिङ मार्फत छलफल गरेका छन् । छलफल कार्यक्रम मोदीले नै सञ्चालन गरेका छन् । सम्बोधनका क्रममा मोदीले कोरोना भाइरसविरूद्ध मिलेर अघि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्