सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने - News Birat

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

न्यूज विराट

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो ।

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो । गत मंसिरको पहिलो हप्तामै फ्रान्सेली कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराएको थियो ।

आवश्यक परीक्षण गरेपछि कार्डमा लाइसेन्स छपाइ थालेको हो । अब माघ मसान्तसम्म छाप्न बाँकी सबै लाइसेन्सको छपाइ सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दावी गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles