राशिफल

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

 न्यूज विराट
उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

मन्त्रिस्तरीय बैठकले बिहीबार १४ वटै जिल्ला अस्पतालहरूलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

संक्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरू अस्पतालले प्रवन्ध गर्ने र आवश्यक सामग्री मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको जनाइएको छ । बैठकले सामुदायिक तथा निजी अस्पतालहरूलाई पनि कोरोना संक्रमितको उपचारका लागि आग्रह गर्नेसमेत निर्णय गरेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...