तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

 न्यूज विराट
तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि तत्काल सञ्चालन गर्न निर्देशन दिइएको हो ।

सामाजिक विकासमन्त्री एवं आईसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको उपचारका व्यवस्था तत्कालनका लागि कोसी अस्पताल (कोरोना उपचार केन्द्र) र सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय गरेको छ ।

संक्रमण बढ्दै गएमा विराट मेडिकल कलेज बुढीगंगा, नोबेल मेडिकल कलेज विराटनगर, बीएण्डसी अस्पताल विर्तामोड तयारी अवस्थामा रहने निर्णय भएको प्रवक्ता डा. सुरेश मेहताले बताए ।

कोसी अस्पताल (कोरोना उपचार केन्द्र) सञ्चालनका लागि आवश्यक जनशक्ति कोसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल अस्पताल, विराट मेडिकल कलेज र विएण्डसीले सहयोग गर्ने निर्णय भएको उनले बताए ।

बैठकले सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता डा. सुरेश मेहताको संयोजकत्वमा कोरोना रोकथामको उपचारसम्बन्धी मार्गदर्शन तयार गर्नका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

समिति सदस्यहरूमा कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा, अफिन प्रदेश अध्यक्ष डा. शंकरप्रसाद अधिकारी, विराट मेडिकल कलेजका डा. हेमसागर रिमाल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक प्रतिनिधि सदस्य रहने बैठकले निर्णय गरेको छ ।

समितिले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग सम्वन्धि मापदण्ड, स्वास्थ्यकर्मीको भूमिका निर्धारण, कोरोना रोकथाम तथा फोहोर व्यवस्थापन, उपचार र एम्बुलेन्स सञ्चालन तथा संक्रमण व्यवस्थापनसम्बन्धी मार्ग दर्शन तयार गर्ने बताइएको छ ।

बैठकले प्रदेश १ का सम्पूर्ण स्वास्थ्यकर्मीको सूची संकलन गर्ने र तत्काल कोरोना संक्रमितका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि पीपीई उपलब्ध गराईने पनि निर्णय गरेको छ ।

कोरोना संक्रमितका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको तलवको अतिरिक्त प्रोत्साहन भत्ता, सेवाको क्रममा विरामी भए निशुल्क उपचार को प्रवन्ध र निःशुल्क बीमाको प्रबन्ध गर्ने निर्णय गरेको प्रवक्ता डा. मेहताले बताए ।

सम्बन्धित समाचार

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

गौरीफन्टा नाकाबाट परीक्षणविनै भित्रिए १८९९ नागरिक

धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ''कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध...

‘एभरेष्ट कार्निभल’ हुँदै, १८ वटा स्टलमा २५ हजार बढीले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउन्डेशनले पहिलो पटक ‘एभरेष्ट कार्निभल’ को आयोजना गर्ने भएको छ । एभरेष्ट कलेज परिसरभित्र माघ २७ देखि २९ गतेसम्म ‘एभरेष्ट कार्निभल’ गर्ने भएको हो । एभरेष्ट एजुकेशन फाउन्डेशनले विराटनगरमा...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

बालबालिकालाई स्कुल ब्याग वितरण

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्