विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको छ । जित पछि कोशल्ेि २ अंक जोडेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९३ रनको सामान्य योगफल खडा गरेको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् । पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।
जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा सवै विकेट ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए।
बुधबार समुह वि को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
काठमाडौं, चैत २–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा अहिले सार्कमा आवद्ध मुलुकका सरकार प्रमुख भिडियो कन्फ्रेन्सिङ मार्फत छलफल गरेका छन् । छलफल कार्यक्रम मोदीले नै सञ्चालन गरेका छन् । सम्बोधनका क्रममा मोदीले कोरोना भाइरसविरूद्ध मिलेर अघि...
विराटनगर, फागुन १४–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले मोरङको बुधनगर भेडियारी स्थित एकिकृत जाँच पास चौकी (आईसिपि) क्षेत्रमा स्थानीयलेनै रोजगारीमा प्रथामिकता पाउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा मण्डलले आईसिपि निर्माणका...
विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...
विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...
एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...
विराटनगर, १८ असोज-विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर- ९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा....
विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...
काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...