राशिफल

आरआरमा नेविसंघ र अखिलबीच झडप

 न्यूज विराट
आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पहिले २ समूहबीच झडप भएको केही समयपछि अनेरास्ववियूले कलेज बाहिरबाट गुण्डा ल्याएर आक्रमण गरेको भट्टराईले जनाए ।

झडपपछि प्रहरीले नेपाल विद्यार्थी संघका पुस्कर बास्तोला, सन्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विकु खड्कालाई गिरफ्तार गरेको छ । सम्भावित झडपलाई लिएर प्रदर्शनीमार्गमा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । गिरफ्तार गरिएका विद्यार्थीलाई नछोडे आन्दोलन गर्ने महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...