कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

 न्यूज विराट
कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको आशंका गरिएकाहरुका लागि क्यारेन्टाइन स्थापना गरेको हो ।

छिमेकी मुलुक चीनमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन विश्वका धेरै देशहरुमा फैलिसकेको साथै दक्षिणी छिमेकी मुलुक भारतमा समेत संक्रमीत फेला परिसकेको समयमा प्रदेश नम्बर १ मा उच्च सर्तकता सहित क्वारेन्टाइन स्थपना गरिएको हो । मोरङको टाँडीमा नेपाली सेनाले २ सय जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन स्थापना गरेको नेपाली सेनाको २ नम्बर वाहिनिपति यामप्रसाद ढकालले जानकारी दिए ।

आवश्यकता बढेको खण्डमा क्वारेन्टाइन थप गर्न समेत सकिने वाहिनिपति ढकालले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिए । टाँडीमा एक सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई गरि कुल २ सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना गरिएको हो । सो क्वारेन्टाइनमा स्वास्थ्य मापदण्ड अनुसार शंकास्पद विरामीहरुलाई निगरानीका साथै उपचार पद्धति सहित राखिने छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College