‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस् - News Birat

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

न्यूज विराट

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१ को सेप्टेम्बरसम्म नतिजा चेक गर्न सक्नेछन् । अन्यथा यो वर्ष परेको डीभी लोटरी अर्को वर्ष प्रयोग गर्न पाइने छैन ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् । उनीहरूले सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डीभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ । डीभी लोटरी परे/नपरेको थाहा पाउन आधिकारिक वेबसाइटमा गइ कन्फर्मेसन नम्बर हालेर स्टाटस चेक गर्नुपर्छ ।

डीभी लोटरी परे नपरेको चेक गर्न क्लिक गर्नुस :

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles