कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया
सोमबार, १७ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो ।
तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने विरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८÷०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड्रोसिलका विरामीको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसील भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्ष २०८०÷०८१ मा १३० जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेकोमा १२४ जनाको गरिएको छ ।
नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोशीले विगत ७वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ७ हजार रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्नेछ । कोशी अस्पतालमा हाइड्रोसिलका विरामीको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नपाएको कारणले गर्दा पनि लक्ष्य अनुसार नआएको कोशी अस्पतालका मेसु डा.रविराज सिंहले बताए । अस्पतालले हाइड्रोसिलका विरामीको लागि स्वास्थ्य शिविर पनि गर्दै आएको बताए । ‘शिविर गरेर हाइड्रोसिलका विरामीको स्क्रिनिङ गरिन्छ । त्यसपछि अप्रेसन गरिनुपर्ने विरामीलाई कोशीमा ल्याएर निःशुल्क गर्दै आएका छौं,’ उनले भने ।
विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ...
विराटनगर, २६ कात्तिक–प्रदेश १ मा बुधबार ४ सय ४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट छ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या...
काठमाडौं, ३ असोज । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट...
एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना...
विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...
संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...
वीरगन्ज, ६ भदौ-वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । गण्डक बहुअरीस्थित...
काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...