प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

 न्यूज विराट
प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

लकडाउनका कारण कामविहीन भएका मजदुरहरु भोकै बस्न नपरोस् भनेर खाद्य सामग्री हस्तान्तरण गरेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । संगठनका अध्यक्ष घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रुपमा मुख्यमन्त्री शेरधन राईलाई खाद्य सामग्री हस्तान्तरण गरे ।

सांकेतिक रुपमा केही बोरा मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । अन्य सामग्री गोदामबाट उपलब्ध गराइनेछ । प्रदेश–१ का २१ सय परिवारलाई उक्त खाद्य सामग्री वितरण गरिने ।

जसअन्तर्गत उद्योग वाणिज्य प्रतिष्ठान भएका क्षेत्रका विराटनगर, दुहबी, बूढीगंगा, कटहरी क्षेत्रमा ८ सय परिवारलाई वितरण गरिनेछ भने अन्य खाद्य सामग्री प्रदेश सरकारले आवश्यकताअनुसार अन्य क्षेत्रमा वितरण गर्ने अध्यक्ष घिमिरेले बताए ।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित भएकाहरुलाई तत्काल प्रदेश सरकारमार्फत राहत वितरण गरेको जानकारी दिए । मुख्यमन्त्री राईले स्थानीय सरकारसँग समन्वय गरेर लक्षित वर्गलाई उद्योग संगठन र मोरङ व्यापार संघबाट प्राप्त राहत वितरण गर्ने बताए ।

सम्बन्धित समाचार

एसईईको नतिजा आज आउँदै

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’, लक्की ड्र मा ग्राहकले पाउँछन् टिभीदेखि चाँदीको सिक्कासम्म

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो । असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ...

बजारमूल्य भन्दा कममा अनलाईनबाट खाद्य सामाग्री उपलव्ध

विराटनगर,१४ साउन–कोभिड–१९को सङ्क्रमणबाट उपभोक्तालाई जोगाउन घरआँगनमै अनलाईनबाट खाद्यान्न सामाग्री उपलव्ध गराउन आजदेखि यहाँ सेवा शुरु गरिएको छ। बजार मूल्यभन्दा कममा पाँच सय विभिन्न प्रकारका खाद्यान्न सामाग्री उपलव्ध गराउने उद्देश्यका साथ ‘ग्रेटडिल्स ९९’ तपाई हाम्रो दोकानले...

मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश...

बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

काठमाडौं, २७ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री...

पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्