अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

 न्यूज विराट
अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण जिवन यापनमा समस्या हुँदै जान थालेपनी अन्सारीले वडाका विपन्न तथा एकल महिलाहरुलाइ सारी, चामल र दाललगायतका राहत सामाग्री घर घरमै पुगेर बितरण गरेका हुन् ।

मुस्लिम समुदायले दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु रमजान महिनाको ठूलो विशेषता रहेकाले आफुले थोरै भएपनी सहयोग गरेको अन्सारीले बताए । ‘सबै धर्म एउटै हो खाली सोच्ने आधार मात्र फरक हो । उनले भने,‘ मैले पनि रमजान पर्वका अवसरमा सकेको सहयोग गरेको हुँ ।

सम्बन्धित समाचार

अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित...

विराटनगरमा प्रदेशसभाको आफ्नै भवन निर्माण कार्य सुरु

विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...

३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाइने

काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

कोरोनाबाट बागमती प्रदेशमा मात्रै ३ जनाले ज्यान गुमाए

हेटौँडा, २४ जेठ-कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका...

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

पीसीआर परीक्षण नगरेका सांसदले पाउने छैनन् संसदमा प्रवेश

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभई २९ भन्दा बढी विशिष्ट तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्