१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

 न्यूज विराट
१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२ पुगेको छ ।

तर शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देखियो । इटलीमा आम नागरिकको सुरक्षा गर्ने सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा पहिलो पटक आईसीयूमा राखेर उपचार गरिनुपर्ने बिरामीको संख्यामा कमी आएको छ ।

सिभिल प्रोटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीलेले शुक्रबार इटलीका अस्पतालमा गम्भीर बिरामीको संख्या ४ हजार ६८ थियो । शनिबार यो संख्या कम भएर ३ हजार ९ सय ९४ भएको छ ।

एन्जेलो बोर्रेलीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण तथ्यांक हो । किनकि पहिलो सिकिस्त बिरामीको संख्यामा कमी आएको छ । हाम्रा अस्पताललाई पनि यसले थोरै राहत दिने भएकाले पनि महत्वपूर्ण छ । उनीहरुलाई श्वास फेर्ने मौका मिल्नेछ । हाम्रो देशमा जुन दिनदेखि आपतकालीन अवस्था देखा प¥यो, त्यसपछि पहिलो पटक यसरी बिरामीको संख्यामा कमी आएको हो ।’

इटली सरकारको वैज्ञानिक परिषदका प्रमुख फ्रान्को लोकतेलीले गम्भीर बिरामीको संख्यामा आएको कमी एक महत्वपूर्ण संकेत भएको बताए । तर यसको अर्थ गम्भीर अवस्थाबाट पार पाइकियो भन्ने नभएको उनको भनाई थियो । उनले भने, ‘यसबाट हामीले जुन तरिका अपनाएका छौं । त्यो सफल हुन थालेको संकेत चाहिँ हो ।’

इटलीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आएको छ । शनिबार इटलीमा कोरोना भाइरसका थप २ हजार ८ सय ८६ जना संक्रमित भेटिएका छन् । हाल इटलीमा ८८ हजार भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् भने करिब २१ हजार निको भएका छन् ।

लोम्बार्डीको उत्तरी क्षेत्र कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको छ । पुरै देशका संक्रमितमध्ये ८५ प्रतिशत यस क्षेत्रका रहेका छन भने मृत्यु हुनेमा पनि ठूलो संख्या यहाँको छ ।

यस इलाकाका मानिसलाई घरबाहिर निस्कनका लागि सुरक्षाका लागि मास्क लगाउन अनिवार्य गरिएको छ । यो नियम ५ अप्रिलदेखि १३ अप्रिलसम्म रहनेछ ।

यतिमात्रै होइन इटलीको उत्तरी क्षेत्रको अर्को सहर भेटेटो र आल्टो एडिगेमा पनि मानिसलाई बजार र किनमेलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।

यसअघि यो इलाकाको भयानक अवस्था देखिएपछि यो कदम उठाइएको हो । १५ सम्म यहाँ बाहिर सडकमा हिड्न र मोटरसाइकल चलाउन समेत प्रतिबन्ध लगाइएको थियो भने सबै पर्यटकीय क्षेत्र र होटल बन्द गरिएको छ ।

यस्तै सो क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्न पनि रोक लगाइएको थियो ।

इटलीमा पहिलो संक्रमित देखिनुअघि स्वास्थ्य मन्त्रालयले टास्क फोर्स गठन गरेको थियो । यो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै तयार गरिएको थियो । इटली कोरोना भाइरस रोक्नका लागि हवाई सेवामा प्रतिबन्ध लगाउने पहिलो युरोपेली राष्ट्र हो ।

अहिले पनि पुरै इटलीमा लकडाउन गरिएको छ । तर लोम्बार्डीमा सबैभन्दा कडा नियम लागू गरिएको छ । जसको उल्लंघन गर्नेलाई साढे तीन लाखा रुपैयाँ सम्मको जरिमाना गरिन्छ ।

कडा नियम लागू गर्नुका बाबजुद पनि इटली कोरोना भाइरस संक्रमणबाट नराम्ररी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण शक्ति प्रयोग गरेर बिरामीको उपचार गरिरहेको भए पनि अझै अस्पताल र बेडहरुको अभाव तथा मानवीय र प्राविधिक संशाधनका संकट देखा परेको छ ।

लोम्बार्डी क्षेत्रका एक ३८ वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि २० फेब्रुअरीपछि इटलीमा कोरोनाा भाइरस संक्रमण देखिन थालेको हो । त्यसयता इटलीको अवस्था भयावह बन्दै गएको थियो ।

सम्बन्धित समाचार

दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य

विराटनगर । देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रममा सहभागिहरूले बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पि.को सहयोगमा विराटनगरमा मंगलबार...

प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालाई मातृशोक

विराटनगर । प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ । सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देव कुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा...

टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री  भानुभक्त ढकालको आदेशमा...

शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक...

चीनमा काेराेना संक्रमण फेरि बढ्याे, एकैदिन भेटिए १३ हजार संक्रमित

चीनमा एकैदिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या २ वर्षअघि चीनमा सुरु भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च रहेकाे बताइएकाे छ । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी...

गण्डकी प्रदेशद्वारा स्वास्थ्य कर्मचारीका सबै बिदा रद्द, राजीनामासमेत स्वीकृत नगर्ने

कोरोना भाइरसको संक्रमण विश्‍वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा  कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल 'कोमविसाप' गठन गरिएको छ । समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित...

विराटनगर विमानस्थल खुल्यो, हवाई सेवा सुचारु

विराटनगर, कार्तिक ६ । अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्