पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, २६ कात्तिक–प्रदेश १ मा बुधबार ४ सय ४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट छ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७ सय ५६ पुगेको छ ।

प्रदेश १ मा बुधबार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा सात, ताप्लेजुङ र इलाममा ४÷४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १÷१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

मोरङको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा नौ, बेलबारी र रतुवामाईमा ८÷८, रंगेली र ग्रामथानमा ५÷५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३÷३, कानेपोखरी र कटहरीमा २÷२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १÷१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १÷१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles