दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

 न्यूज विराट
दुई जनाको दाबीपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति शुक्रबार मात्रै गर्ने

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङ्गले गर्ने भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ। प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी गरेका छन्।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। काठमाडौंमा बिहीबार बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनको निर्णयविपरीत पार्टीको संस्थापनइतर र नेकपा ९एमाले०का प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले पनि मुख्यमन्त्री दाबी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय आज गर्न नसकिएको बताए। ‘दुई जनाले दाबी पेस गरेका कारण भोलि निर्णय लिने कुरा प्रदेश प्रमुखज्यूले गर्नु भएको छ,’ उनले भने, ‘भोलि ५ बजेसम्मको समय भएकाले निर्णय गर्ने म्याद सकिँदैन।’

कोसीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीसमेत उनकै पक्षमा खुलेका छन्। त्यसो हुँदा कार्की कोसीको मुख्यमन्त्री बन्ने देखिएको छ।

आङ्बाले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा ९एकीकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टी ९जसपा०का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन्। तर, कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यहरुले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर आफूहरुको हस्ताक्षर सनाखत गराएका छन्। उनीहरूले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए

सम्बन्धित समाचार

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता...

स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो

[caption id="attachment_47222" align="alignnone" width="1000"] पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।[/caption] शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

नाइके परिवर्तको माग गर्दै कैदीको नाराबाजी 

काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्