राशिफल

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

 न्यूज विराट
अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले अपाङ्गता भएका व्यक्ति शारिरीक रुपमा समस्या भएपनि मानसिक बलियो हुने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन हुन नसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपाङ्गता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताइन् ।
उनले दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्तिहरुले गरेको उपलब्धीलाई संस्थागत गर्ने दिन पनि भएको बताइन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...