१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली - News Birat

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

न्यूज विराट

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष १७ र २७ वैशाखमा निर्वाचन हुने बताएका छन् ।

एक दिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उनले कार्यकर्तालाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको जिकिर गरे । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उनले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles