बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

 न्यूज विराट
बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८१÷०८१ मा कर पछिको खूद नाफा ५९ लाख ५२ हजार २३१ रुपैयाँ ९६ पैसाँ गरेको जानकारी गराएको हो ।

सहकारीले ऋण कारोबाट १ करोड ८१ लाख ७७ हजार ११३ रुपैयाँ र संचालन आम्दानी गरी २२ लाख ५२ हजार ८७१ रुपैयाँ आम्दानी गरेको सहकारीका लेखा संयोजक अविनाश कुमार निधिले जानकारी दिए । सहकारीको खुद बचत ३३ लाख २५ हजार ८०९ रुपैयाँ रहेको छ ।

सहकारीको २०८१ असार मसान्तमा कुल शेयर पूँजी २ करोड ५० लाख ४८ हजार एक सय रुपैयाको रहेको लेखा संयोजक निधिले जानकारी दिए । त्यसैगरी यस आर्थिक वर्षको अन्त्यमा नगद तथा बैंक मौज्दात ४ करोड ४८ लाख १८ हजार ८८३ रहेको रहेको छ । निक्षेप बचत ११ करोड, १५ लाख ५० हजार ७६ रुपैयाँ रहेको छ भने ऋण लगानी ११ करोड ६ लाख ५० हजार ८२३ रुपैयाँ रहेको छ । सहकारीको जगेडा कोष तथा अन्य कोषमा २ करोड ७७ लाख ७ हजार ७७४ रुपैयाँ रहेको प्रतिवेदनमा देखिएको छ ।
कार्यक्रममा बोल्दै लेखा संयोजक निधिले सहकारीले तोकेको खाताहरु सहित आवश्यक सहायक खाताहरु व्यवस्थित गरी दैनिक कारोवारहरुलाई सहज र प्रभावकारी बनाउन कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको बताए । संस्थाको जगेडाकोष तथा निक्षेपलाई वृद्धि गर्न आवश्यक नीती कार्यविधि बनाउनुपर्ने उनले सुझाब दिए । शेयर रकम वृद्धि गरि दिर्घकालिन योजना बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारी ऐन, नियम एवं सहकारी विभागबाट जारी गरिएको मापदण्डलाई पूर्णरुपले पालना गरेर कारोबार गनिुपर्नेमा जोड दिए । छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको ठूलो भूमिका निर्भाह गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनालले अहिलेको परिस्थितिमा स्वास्थ्य प्रतिस्पर्धी र स्वसक्षम संस्था सञ्चालनका लागि कर्जा लगानी तर्फ विशेष ध्यान दिएर अगाडी बढने बताए । ‘सहकारी संस्था प्रति अपनत्वको बोध गराई समय सापेक्ष रुपान्तर गर्दै उपलब्ध स्रोत साधनको मितव्ययी उपयोग उपयोग गरिनेछ,’ अध्यक्ष खनालले भने, ‘सामुहिक प्रतिफल प्राप्त गर्न यस संस्थाका हरेक गतिविधिलाई पारदर्शि र उत्तरदायित्व बनाई सम्पूर्ण शेयर सदस्यमा सेवा सुविधा र पहुँच पुन्याउन सहकारी लागि पर्नेछ ।’ प्रचलित कानुन, सहकारी ऐन, संस्थाको विनियम र आफ्नो कार्ययोजना बमोजिम हरेक कार्यका अभिलेख र दस्तावेजका अधारमा सम्पूर्ण गतिविधिहरुबाट गुणात्मक र परिणात्मक प्रतिफलमा सहकारी लागि परेको उनले बताए ।

सम्बन्धित समाचार

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना...

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

प्रेस सेन्टर नेपाल मोरङद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेन्डर सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेन्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी...

सीमा क्षेत्रमा तस्करी बढ्यो, एक महिनाभित्रमा रोक्न गृहमन्त्रीको निर्देशन

विराटनगर । सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिना भित्र पूर्ण रुपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस...

नेकपा विवाद समाधान गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं,  ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्