प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

 न्यूज विराट
प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरूलाई बिहीबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङलगायतले बिदाइ गरे ।

अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई बिदाइ गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताए । प्रदेशवासीले चाँडै सुखद खबर सुन्न पाउने मन्त्री घिमिरेले बताए । उनले कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको बताए । क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने मन्त्री घिमिरेले विश्वास व्यक्त गरे ।

क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाइ छ । मापदण्डविपरीतका क्वारेन्टाइन बन्द गरिँदै लैजाने पनि उनले बताए । बिहीबार डिस्चार्ज हुनेहरू गत जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएकाहरू रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिए ।

प्रदेश १ बिहीबार ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ । संक्रमितमध्ये २९ जना कोसी कोभिड-१९ अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

प्रदेश १ मा ३ जनाको मृत्यु, ७७ जना नयाँ संक्रमित थपिए

विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा...

जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले...

विराटनगरका स्टेशनरी व्यवसायी सिद्धान्त भट्टराई मिर्चैयामा मृत भेटिए

विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो । मिर्चैया कटारी...

विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका...

नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...

कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्