पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

 न्यूज विराट
पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ ।

हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाइ प्रदान गर्ने निर्णय गरेको हो ।

सो पुरस्कारको राशी ५१ हजार १ सय ५१ रुपैया रहेको कोषका अध्यक्ष प्रल्हाद प्रसाद शाहले जानकारी दिए । यसैगरि हरेक बर्ष प्रदान गरिदै आएको उदीयमान पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदार लाइ दिने निर्णय भएको छ । सो पुरस्कारको राशी ३१ हजार १ सय ५१ रुपैया रहेको छ । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारिता र उदीयमान पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको छनौट गरेको हो । दुवै पुरस्कार चैत्र २७ गते सोमवार विराटनगरमा एक कार्यक्रम आयोेजना गरि प्रदान गरिने कोषले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

काठमाडौं, ८ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीले निर्णय गरे आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर विमानस्थलमा...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम...

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्