पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

 न्यूज विराट
पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

काठमाडौं, ८ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीले निर्णय गरे आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै बादलले पार्टीले निर्णय गरे आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।

‘पार्टीको निर्णय मैले मान्नुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गरेर पठायो भने प्रचण्डसँग म चुनाव लड्न तयार छु ।’ आगामी चुनावमा प्रचण्ड भर्सेस बादल हुनसक्छ भन्ने पत्रकारहरूको प्रश्नमा बादलले भने, ‘पार्टीले निर्णय गरे भोलि त्यो हुनसक्छ ।’

बादलले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनसहित पारित गर्नु पर्ने बताए । ‘एमसीसीका केही  कुरा संशोधन गर्नुपर्ने छ । त्यो संशोधन गरेर पारित गर्नुपर्छ,’ उनले भने ।

बादलले वर्तमान सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लगाए ।

‘सरकारले छिमेकीविरुद्ध प्रदर्शन र बोल्न पाइँदैन । बोले जेल हाल्ने चेतावनी दिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने यो लोकतन्त्रविरोधी काम हो,’ उनले भने ।

सम्बन्धित समाचार

प्रदेश २ को नामः मध्य मधेस पनि अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

प्रदेश १ मा फेरी बढे संक्रमित, आज १०३७ जना थपिए

विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं,  २ असोज-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ ।  न्युयोर्कमा आजदेखि सुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र...

रिल्ली घले समाजको पार्षद भेला सकियो

विराटनगर । रिल्ली घले वंशावली खोज एकता समाज नेपालको प्रथम ऐतिहासिक पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मोरङको बेलबारीमा शनिबार एक कार्यक्रम आयोजना गरी पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम भएको...

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार-आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...

प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

विराटनगर, २९ जेठ प्रदेशसभाको कार्यकाल सकिन लागेपछि प्रदेश १ को नामाकरणको विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छ । नामाकरणका लागि प्रदेशसभामा निर्णायक रहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले छलफल सुरु गरेको हो । प्रदेशको नामारण...

स्ववियु निर्वाचन जेठ ३० मा

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्