विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री वितरण सुरु गरेको हो ।
गाउँपालिकाले पाँच वटा वडाका २२० घरपरिवारलाई पोषण सामाग्री वितरण गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । बालवालिकाहरुमा कुपोषण हुन नदिनको लागि गर्भपती र सुत्केरी महिलाहरुलाई पोषण वितरण गरिएको उनले बताए । पोषण सामाग्रीमा फिल्टर, डस्बिन, खाद्य सामाग्री र तरकारी वितरण गरिन्छ । खाद्य सामाग्रीहरुमा पाँच केजी चामल, आटा, भटमास, जुस, पाँच सय ग्राम घ्यूलगायतका समाग्रीहरु पर्दछन् । पोषणा झोला मात्रै २ हजार पाँच सय र समग्रमा ७ हजार ५ सय मूल्य बराबरको सामाग्री एक जनालाई वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । शुक्रबार कटहरी गाउँपालिका २ कदमटोलिमा ३३ घर परिवारलाई पोषण सामाग्री वितरण गरिएको छ । ‘पालिका भित्रका बालवालिकाहरुमा कुपोषण हुन नदिन हामीले यो कार्यक्रम सुरू गरिएको हो,’ अहिले कटहरी गाउँपालिकाको पाँच वटा वडामा सुरु भएको छ । विस्तारै सबैतिर हुनेछ ।’ अहिलेसम्म दुई सय बढी घरपरिवारहरुलाई पोषण सामाग्री वितरण गरिएको उनले बताए ।
कटहरी गाउँपालिका भित्र गत आर्थिक वर्षमा ५२२ सय जना बालबालिकामा कुपोषण देखिएको थियो । अहिले घढेर ४०० सयमा आएको कटहरी गाउँपालिका स्वास्थ्य शाखाका पोषण संयोजक रक्की राजवंशीले जानकारी दिए । अहिले पोषण कार्यक्रम कटहरीको २, ३, ४, ५ र ६ नम्बर वडाभित्र सुरु भएको छ । पोषण कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सिता देवी राजबंशी, कटहरी २ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद राजबंशीलगायतको उपस्तिथी रहेको थियो ।
विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...
काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । महानगरीय अपराध महाशाखा प्रमुख...
विराटनगर । विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव २०८० मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा महोत्सव समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो । महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च...
विराटनगर, फागुन १५–चालु आर्थिक वर्षको साढे ७ महिनाको अवधिमा आन्तरिक राजश्व कार्यालय विराटनरमा ४७ हजार बढीले व्यक्तिगत पान नम्बर(पि पान) लिएका छन् । आन्तरिक राजश्व विभागले साउन महिनादेखि अनिवार्यरुपमा करदातालाई श्रमिक तथा कर्मचारीले व्यक्तिगत पान...
विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...
कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने सामग्री लिन नेपालबाट चीनतर्फ नेपाल एयरलाइन्सको विमान उडेको छ ।स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आर ४१७१ कल साइनको जहाज शनिबार दिउँसो उडेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको...