विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

प्रदेश १ मा आज १०२ जना नयाँ संक्रमित थपिए

विराटनगर, ६ भदौ-प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेको छ । शनिबार एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको हो । शनिबार ३७...

जनकपुर भन्सारका नायब सुब्बा घूस लिँदालिँदै पक्राउ

जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु...

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं, २ असोज-पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र पाँच पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला...

आज ५ वटा उडानबाट यूएईमा समस्यामा परेका नेपालीको उद्धार गरिँदै

काठमाडौं, १ साउन-आज यूएईबाट ५ वटा उडानमार्फत कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ । दुबईबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्सको एउटा जहाज केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्