विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् ।
तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा र पहिलो पटक उपाधि होल्ड गर्न झापा विराटनगर जुटमिलको खेलमैदानमा दुई टिम आमनेसामने हुने भएको हो ।
सिरहाले बिहीबार गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले हराउँदै उपाधि रक्षाको यात्रा तय गरेका हुन् भने यसअघि सेभन युथ क्लब धनकुटालाई २– १ गोलले हराउँदै सिरहा सेमिफाइनलमा पुगेको थियो ।
यता झापाले सहलेस युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा सुनसरीको शान्तिनगर फुटबल क्लबलाई सडनडेथमा १०–९ गोलले हराउँदै झापा सेमिफाइनलमा पुगेको थियो ।
मिल्स गोल्डकपमा विजयी हुनेमा विश्वस्त रहेकोे प्रतिभा फुटबल क्लब सिरहाका प्रशिक्षक रन्जित लामाको दाबी छ । ‘आफ्ना सबै खेलाडीहरूले राम्रो खेलिरहेका छन् । फाइनल जित्ने रणनीतिमा साथ खेलाडी मैदानमा उतार्ने तयारी छ । त्यसैले ढुक्क छौं, गोल्डकप हामीले नै जित्छौं,’ उनले भने । दुई खेलमा आफ्नो टिमको प्रदर्शन चित्तबुझ्दो नै रहेकाले फाइनलमा पनि राम्रो प्रदर्शन गर्नेगरी रणनीति बनाइरहेको उनले बताए । विगतमा मिल्स गोल्डकपमा दोस्रो संस्करण विजेता बन्न सफल भएको र यो पटक पनि उपाधि जित्ने गरी खेल पस्किने उनको भनाई छ ।
यता झापाका प्रशिक्षक सन्दिप मगरले मिल्स गोल्डकपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए ।
निर्धारित समयभित्रै नतिजा ल्याउने गरी खेल्ने उनले बताए । ‘अहिलेसम्म रणनीतिअनुसार नै नतिजा आइरहेकाले फाइनलमा पनि हामी नतिजा निकाल्न सफल हुन्छौं भन्ने विश्वास छ,’ उनले भने, ‘अनुभवी खेलाडी रहेका छन् । त्यसैले उपाधि हाम्रै पोल्टामा जान्छ ।’ उनले जित्ने लक्ष्यका साथ मैदानमा खेलाडी उतार्ने रणनीति अपनाउने बताए । प्रशिक्षक मगरले मिल्स गोल्डकपको उपाधि यसपटक झापा पुग्ने दाबी गरे । उपाधि उचाल्ने रणनीतिकासाथ मैदानमा खेलाडीहरू उत्रने उनको भनाई छ ।
फागुन २७ देखि चैत ४ गते सम्म संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । मिल्स गोल्डकपको बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि र उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले बताए । प्रतियोगिताको फाइनलमा विभिन्न ६ वटा विधाहरुमा खेलाडीहरूलाई नगदसहित ट्रफि प्रदान गरिनेछ ।
दोस्रो संस्करणमा आयोजक साइनो स्पोर्टिङ क्लबलाई हराउँदै गोलबजारको प्रतिभा फुटबल क्लबले मिल्स गोल्डकपको उपाधि जितेको थियो । पहिलो संस्करणमा एपिएफले गोल्डकपको उपाधि हात पारेको थियो ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।