सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

 न्यूज विराट
सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ ।
प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
सबस्टेशनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो ।
अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३÷११ केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सन्धिखर्क सबस्टेशन आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टांगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङका विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् ।
नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु ३ अर्ब छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार

चिनियाँ दूतावासले भन्योः कानुनको पालना सबैले गर्नुपर्छ

काठमाडौं, २७ वैशाख-स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास बोलेको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...

सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...

मोरङ उद्योग व्यापार संघ र त्रिविबीच पाँच वर्षीय समझदारी, विद्यार्थीलाई इन्टर्नशिपदेखि अनुसन्धानसम्म अवसर

विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच व्यावसायिक तथा शैक्षिक सहकार्यका लागि पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सम्झदारीअनुसार विद्यार्थीलाई इन्टर्नशिप, औद्योगिक भ्रमण, अनुभवजन्य शिक्षा, संरक्षकता र मार्गदर्शनजस्ता अवसरहरू प्रदान गरिनेछ। कार्यक्रम काठमाडौंमा...

काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि...

विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक...

२४ घण्टामा थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ डिस्चार्ज

काठमाडौं, २६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्