सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

 न्यूज विराट
सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

पौडेलले पार्टी भित्र धेरै विकृतिका विषय उठाए पनि बाहिर केहि नबोल्नु आफूवाट गल्ती भएको बताए । उनले पार्टी नेतृत्व स्वेच्छाचारी भएका कारण पार्टी भित्र धेरै विकृत्ति आएको पौडेलको दाबी छ । कार्यक्रममा महेन्द्र मोरङ क्याम्पवसका पूर्व प्रमुख गोपालप्रसाद शर्मालाई सम्मानित गरिएको थियो ।

शर्मालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, परिषद्का अध्यक्ष अशोक कोइरालालगायतले माला दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला, अमृत अर्याल, नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, बरिष्ठ साहित्यकार दधिराज सुवेदीलगायतले प्रजातन्त्र स्थापनामा पिताजी कृष्णप्रसाद कोइरालाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्