प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

 न्यूज विराट
प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् ।

आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार

२४ घन्टामा थप १ हजार ९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

काठमाडौं, २९ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७...

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं, ८ जेठ-नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, भाेलि पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बिहीबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्