छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

 न्यूज विराट
छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कार्तिक २२ । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ ।

छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान ९शास्त्रीय मत० भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।

आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जनजन परिचालित हुने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रुपमा स्थापित भएको देखिन्छ ।

सम्बन्धित समाचार

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन्...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप: हाम्रो धरान भेट्रान्स क्लब फाइलनमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...

विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...

आज १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्