आज १५ कोरोना संक्रमितको मृत्यु - News Birat

आज १५ कोरोना संक्रमितको मृत्यु

न्यूज विराट
काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार २२ को पीसीआर गर्दा १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles