काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि - News Birat

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

न्यूज विराट
काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा अहिले १७ हजार ४५ सक्रिय संक्रमित छन् । त्यस्तै, भक्तपुरमा हालसम्म १ हजार २ सय ९२ र ललितपुरमा २ हजार ५ सय १२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आज देशभर १० हजार २२ को पीसीआर गर्दा १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles