
काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन् ।
सैनिक अस्पतालमा कार्यरत १ अधिकृतका अनुसार ड्युटीमा बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातीमा गोली हानेका हुन् । दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भएका बझाङको सुर्मा गाउँपालिका-५ घर भएका विष्ट छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका थिए ।