कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

 न्यूज विराट
कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् ।

मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले शुक्रबार मुख्यमन्त्री राईलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीसँगको भेटमा स्थानीय तहका प्रमुखहरुले पीसीआर परिक्षणको रिपोर्ट आउन ४÷५ दिन लाग्ने, लक्षण देखिएका संक्रमितहरुलाई कोभिड अस्पतालले भर्ना लिन नमान्ने र लकडाउनको मौका छोपी सिमाक्षेत्रमा हुने तस्करीलगायतका अवैध गतिविधिलगायतका समस्याहरु तत्काल समाधान आग्रह गरेका छन् ।

उनीहरुले त्यस्तै स्थानीय तहले निर्माण गरेको आईशोलेसन वार्डको व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्री राईसँग माग राखेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दक्षिणी मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, जहदा र कटहरी गाउपालिका एकजुट भएर लागिपरेका छन् ।

६ वटै पालिकाको संयुक्त बैठकबाट एकरुपता कायम गर्दै १७ गते सम्मका लागि लकडाउन कायम गरिएको छ । स्थानीयतहका प्रमुखहरुसँगको भेटमा राईले पालिकाहरुले गराएको ध्यनाकर्षणको विषयलाई गम्भिररुपमा लिएको र तत्काल समस्या समाधान गरिने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री राईलाई रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दाश, रंगेलmी नगरपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंह, जहदा गाउँपालिका अध्यक्ष कैलाश मण्डल र कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले भेटेर ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित समाचार

विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलमा छापा हानेर तस्करीको ठुलो परिमाणको चाँदी बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद...

विराटनगरको तीन स्थानमा ‘जेब्रा क्रसिङ्ग’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको तीन ठाउँको सडकमा ‘जेब्रा क्रसिङ्ग’ मा रङ लगाएको छ । विराटनगर – ९ ट्राफिक चोकसहित मुख्य क्षेत्रको सडकहरूमा सोमबार जेब्रा क्रसिङ्गमा रङ लगाएको हो । ट्राफिक चोकसहित...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन

काठमाडौं, ४ मंसिर-तीन ठूला सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारीस्वरूप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनसँग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्