काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

 न्यूज विराट
काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

विराटनगर, २१ पुस-विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बर स्थानमा देखिएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा आज बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् । मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको वातावरणविद्हरुको भनाई छ । काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ ।

डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रति घनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुडने गर्दछन् । सडकको धूलोसमेत अर्को स्रोत हो ।

फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्रका दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् । यसैवीच, काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ। विभागले नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबिच विराटनगरको वायु प्रदूषण खतराको संकेतभन्दा धेरै माथि अर्थात रेड जोनमा पुगेको छ । विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण खतराको संकेतभन्दा माथि पुगेको छ । मंगलबार विराटनगरको वायु प्रदूषणको अवस्था एक्यूइ २१९ विन्दुमा पुगेको हो ।

सम्बन्धित समाचार

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको...

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

न्युयोर्क पुगे परराष्ट्रमन्त्री

पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित...

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

जनकपुर, फागुन १–भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका– १०, खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै...

मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...

कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१...

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

के हो पक्षघात ?, कसरी हुन्छ यसको उपचार

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्