के हो पक्षघात ?, कसरी हुन्छ यसको उपचार

 न्यूज विराट
के हो पक्षघात ?, कसरी हुन्छ यसको उपचार

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ ।
विश्वमा मृत्युको प्रमुख तेश्रो कारणमा पक्षघात पर्दछ । समयमै उपचार गरे विरामीको उपचार हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढ्ने गर्छ ।
पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुने गर्छ । यसले गर्दा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक वा पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैको लागि खराब हुन सक्छ । व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

किन हुन्छ पक्षघात ?
आजकलको व्यस्त जीवनशैलीमा तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान, मदिरापान नै पक्षघातको लागि जिम्मेवार मानिन्छ । यसबाहेक, लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीले पनि दिमाग र मुटु सम्बन्धि रोगको जोखिम बढाउने गर्छ । जसले गर्दा अहिलेका युवापुस्तामा पक्षघातको समस्या तिव्र गतिमा फैलिरहेको पाइन्छ ।
यी सबै कारणका बाबजुद पनि वातावरणीय परिवर्तन तथा मौसमको परिवर्तनका कारण पनि पक्षघात हुन सक्छ भन्ने कुरा ८० प्रतिशत मानिसलाई थाहा नहुन सक्छ ।

कसरी थाहा पाउने ?
सम्पूर्ण शरीर मध्ये दिमागको काम धेरै महत्वपूर्ण हुन्छ । शरीरका अन्य रोगहरुलाई नजरअन्दाज गरेमात्र पनि यसले हाम्रो दिमागलाई नकारात्मक तरीकाले प्रभावित पार्छ । पक्षघात भएमा मुख, हात तथा खुट्टा टेढो हुने, चक्कर आउने, टाउँको दुख्ने, आँखा धमिलो हुने, बोल्न तथा हिड्डुल गर्नमा समस्या हुने, ढाड दुख्ने गर्छ । पक्षघात रक्तश्राव वा रक्तश्राव विनाको पनि हुनसक्छ । पक्षघात भएमा दिमागको नशा सुन्निनुका साथै नशा फुट्ने गर्छ ।

कसरी गर्ने उपचार ?
पक्षघात भएमा तत्काल उपचार जरुरी छ । चार घण्टा भित्रमै गरेको खण्डमा दिमागमा क्षति पुग्ने सम्भावना कम हुने गर्छ । सिटी स्क्यान, एमआरआई इत्यादी गरेर दिमागको क्षति कम गर्न आवश्यक उपचार सुरु गरिन्छ । यदी रगतको अवरोधका कारण दिमागमा पक्षघात भएको हो भने पक्षघात भएको तीन घण्टा भित्रमा औषधी वा इन्जेक्सन दिन जरुरी छ । साथै, रगत पातलो गर्ने औषधी दिइने गरिन्छ । ताकी रगत नजमोस् । यसबाहेक, शल्यक्रियामार्फत गर्धनको रक्तधमनी खोलिन्छ ।

रक्तश्रावका कारण पक्षघात भएमा सामान्य रक्त क्लोटिङ्ग कायम राख्ने औषधी दिइने गरिन्छ । दिमागबाट रगत हटाउन तथा दवाव कम गर्न शल्यक्रिया गरिन्छ । फाटेको नशा जोड्न शल्यक्रिया गरिन्छ । रक्तश्राव रोक्नका लागि तारको प्रयोग गरिन्छ । दिमाग सुन्निनबाट रोक्न औषधी दिइन्छ । यसबाहेक, दिमागको खाली भागमा ट्यूब राखेर दवाव कम गर्ने प्रयास गरिन्छ ।

असक्षमताको खतरा
पक्षघात भएमा विरामीमा शारीरीक तथा मानसिक असक्षमता हुने सम्भावना उच्च हुन्छ । नेशनल अफेसिया एशोसिएनको रिपोर्ट अनुसार २५ देखि ४० प्रतिशत मानिसमा शारीरीक तथा मानसिक असक्षमता विकास हुन्छ । यो यस्तो स्थिति हो, जसले मानिसको बोल्ने, लेख्ने तथा व्यक्त गर्ने क्षमतालाई प्रभावित पार्छ । योे समस्यालाई ल्याग्वेज डिसअर्डर पनि भनिन्छ । यो रोग ब्रेन ट्यूमर, ब्रेन इन्फेक्सन, अल्जाइमर इत्यादीका कारण हुने गर्छ । कयौ अवस्थामा अफेसियालाई इपिलेप्सी तथा अन्य न्यूरोलोजिकल डिसअर्डरको संकेतको रुपमा पनि लिइने गरिन्छ ।

पक्षघातमा पुनस्र्थापना

पक्षघातका कारण पर्ने शारीरीक तथा मानसिक क्षतिलाई कम गर्न पुनस्र्थापना सहायक हुनसक्छ । पुर्नस्र्थापनाका कारण कयौ विरामीको स्वास्थ्यमा पूर्ण सुधार नभएपनि क्रमिक सुधार आउने गर्छ । किनकी मानिसको दिमाग फ्लेक्जिबल हुन्छ । जसमा मानिसले हानीरहित ब्रेन सेल्सको उपयोगद्धारा काम गर्ने नयाँ नयाँ तरीकाबारे सिक्न सक्छ । पक्षघातका विरामीको सही तरीकाले हेरचाह गरेर उनीहरुलाई प्रोत्साहित गरेर पनि उनीहरुको जीवनलाई सार्थक बनाउन सकिन्छ ।

(विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालसँग गरिएको कुराकानीमा आधारीत )

सम्बन्धित समाचार

भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने

एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।...

रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

विराटनगर। मोरङको रतुवामाईमा हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस वर्ष पनि बृहत लोक सांस्कृतीक कार्यक्रम हुने भएको भएको छ । स्थानीय सिद्धार्थ युवा क्लबको अयोजनामा यस वर्ष पनि भाइटिकाको भोलिपल्ट...

प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

विराटनगर, २९ जेठ प्रदेशसभाको कार्यकाल सकिन लागेपछि प्रदेश १ को नामाकरणको विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छ । नामाकरणका लागि प्रदेशसभामा निर्णायक रहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले छलफल सुरु गरेको हो । प्रदेशको नामारण...

मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक...

विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

विराटनगर, २६ पुस । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५१ ज्नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा...

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं, ५ भदौ-हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । विगतमा धुमधामका साथ मनाइने तीज यो पटक भने कोरोना महामारीका कारण खल्लो भएको छ । सरकारले संक्रमण नियन्त्रणका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्