राशिफल

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

 न्यूज विराट
प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, मओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्च आवद्ध छन् । मुख्यमन्त्री राई निकट स्रोतका अनुसार आइतबार ११ बजेसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले अहिले रहेको मन्त्रालयसहित पाँच, माओवादी केन्द्रले तीन र एकिकृत समाजवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय लिने सहमति जुटिसकेको छ ।

‘१२ सदस्यीय मन्त्रीपरिषद बन्ने टुंगो लागि सकेको छ ।’ मुख्यमन्त्री राई निकट स्रोतले भन्यो,‘भोलि ११ बजेसम्म मन्त्रीमण्डल विस्तार हुन्छ ।’ आइतबार नियुक्त हुने मन्त्रीहरुको सपथग्रहणको तयारी समेत भइसकेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...