
काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’